विकासका पूर्वाधार शिक्षा र स्वास्थ्य
१. आफ्नो विद्यालयनजिकै रहेको स्वास्थ्य केन्द्र÷चौकी÷अस्पतालमा गई त्यहाँको विवरण तलको तालिकामा भर्नुहोस् ः
व्रm.स | स्वास्थ्य संस्थाको नाम | ठेगाना | डाक्टर र स्वास्थ्यकर्मीको | संस्थाले प्रदान गर्ने सुविधा |
२. विकासका पूर्वाधारमध्ये स्वास्थ्य एउटा महत्वपूर्ण पूर्वाधार हो,’ भन्ने शीर्षकमा वक्तृत्वकला तयार गर्नुहोस् ।
३. विकासका पूर्वाधारको वर्तमान अवस्थाका सम्बन्धमा प्रस्ट पार्न आफ्नो जिल्लाको १५ वर्ष अगिको र वर्तमान अवस्थाको विकासका सम्बन्धमा अभिभावक तथा जानकार व्यक्ति वा सन्दर्भ सामग्री अध्ययन तथा सोधखोज गरी कक्षामा प्रस्तुत गर्न लगाउनुहोस्।
पूर्वाधारको १५ वर्ष अगिको.. | अवस्था पूर्वाधारको हालको अवस्था |
४. https://nsonepal.gov.np/ मा गई जिल्लाको प्रोफाइल (https://nsonepal.gov.np/category/1164/) डाउनलोड गरी त्यसका आधारमा जिल्लासँग सम्बन्धित विकासका गतिविधि खोज्नु होस् ।
नमूना हेर्नुहोस्
हाम्रो संविधान
५. संविधानको अनुसूची १ मा व्यवस्था गरिएको नेपालको राष्ट्रिय झन्डा बनाउने तरिका अध्ययन गर्नुहोस् र झन्डा तयार गर्नुहोस् ।
६. संविधानमा बालबालिकाको हकअन्तर्गत के के कुराहरू समेटिएका छन्, खोजी गरी प्रस्तुतीकरण Powerpoint Slide गर्नुहोस् । https://lawcommission.gov.np/category/1807
मानव अधिकार र मौलिक हक
७. तपाईँका अभिभावकलाई निम्नलिखित प्रश्न सोधी सोका आधारमा विवरण तयार पार्नुहोस् र कक्षामा प्रस्तुत गर्नुहोस् ः
(क) परिवारमा कसको नाममा घर जग्गा छ ?
(ख) समुदायमा समान कामका लागि समान ज्याला छ छैन ?
(ग) समुदायमा विद्यालय जाने उमेरका बालबालिकाले पढ्ने अवसर पाएका छन् कि छैनन् ?
८. मानव अधिकार मानिसको आधारभूत अधिकार हो भन्ने सम्बन्धमा गीत, कविता वा संवाद तयार गर्नुहोस् ।
९. पाठमा उल्लिखित मानव अधिकारहरूको सूची तयार पारी टाँस्नुहोस् ।
महिला अधिकार
१०. महिला अधिकार शीर्षकमा एक निबन्ध लेख्नुहोस् ।